9 महिना अगाडी
2082-04-05
तस्बिर :
निकायको स्वरुप र प्रकृतिः
यो इलाका प्रशासन कार्यालय नेपाल सरकार गृह मन्त्रालय मातहत रहने संघिय कार्यालय हो । नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं. ७ मा रहेको भाडाको घरबाट कार्यालय संचालन भई आइरहेको छ । भौगोलिक विकटता तथा सेवाग्राहीको बढ्दो चापका कारण उत्पन्न हुने कठिनाई न्यूनिकरण गर्न, जिल्ला प्रशासन कार्यालय सुर्खेतको कार्यबोझ कम गर्ने एवं जनताको निकटबाट सार्वजनिक सेवाहरु सहज र सुलभ तरिकाले प्रवाह गर्ने प्रमुख उद्देश्य अनुरुप यस ईलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो । जनतामा सुरक्षाको अनुभुति दिलाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासन कायम गर्न हाल मुलुकमा ईलाका प्रशासन कार्यालय स्थापना भई दैनिक रुपमा काम कारवाही भइरहेका छन् ।
मिति २०८०/०३/३० गते ईलाका प्रशासन कार्यालय मेहेलकुना, गोकुलपुरको स्थापना भई सेवा प्रारम्भ भएको साथै सुर्खेत जिल्ला अर्न्तगत रहेका ९ (नौं) वटा पालिकामध्ये गुर्भाकोट नगरपालिकाको सबै वडाहरु, भेरिगंगा नगरपालिकाको सबै वडाहरु, लेकवेशी नगरपालिकाको १ देखी ४ सम्मका वडाहरु र सिम्ता गाँउपालिकाको सबै वडाहरु यस ईलाका प्रशासन कार्यालय, मेहेलकुना, गोकुलपुर सुर्खेतको कार्यक्षेत्र अन्तर्गत पर्दछन् । यस कार्यालयबाट उपरोक्त क्षेत्रका करिव १६४१२१ नागरिक सार्वजनिक सेवाबाट लाभान्वित हुँदै आएका छन् ।
निकायको काम, कर्तव्य र अधिकारः
श्रीमान प्रमुख जिल्ला अधिकारी सुर्खेतबाट अधिकार प्रत्यायोजन भए अनुसार यस कार्यालयको काम कर्तव्य र अधिकार निम्न बमोजिम रहेको छ ।
प्रत्यायोजित अधिकारको अधिनमा रहि बंशजको आधारमा नागरिकता जारी गर्ने, प्रतिलिपी नागरिकता जारी गर्ने र अन्य प्रकृतिका नागरिकताका सम्वन्धमा राय सहित जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा पेश गरी निर्णयानुसार गर्ने ।
- वंशजको आधारमा नागरिकता प्रमणपत्र जारी गर्ने ।
- नागरिकता प्रतिलिपि दिने ।
- नाबालक परिचयपत्र जारी गर्ने ।
- राष्ट्रिय परियचपत्रको लागि आवेदन संकलन गर्ने ।
- लागु औषध नियन्त्रण सम्वन्धी कार्यमा सम्वन्धित निकायलार्इ सहयोग गर्ने ।
- इलाकाक्षेत्रभित्र घटेका घटना तथा अन्य क्रियाकलापको तुरुन्त प्र.जि.अ.लार्इ जानकारी गराउने ।
- शान्ति सुरक्षा स्थापनामा प्रमुख जिल्ला अधिकारीलाई सहयोग गर्ने ।
- इलाकाको कार्य क्षेत्र भित्र मूल्य नियन्त्रण गरी कृतिम अभाव, जम्मा खोरी, अनुचित लाभ लिन नदिने र दैनिक उपभोगका वस्तुहरुको आपूर्तिको प्रवन्ध मिलाउन र स्थानिय तहको समन्वयमा वेलावेलामा बजार अनुगमन गर्ने ।
- आफ्नो इलाका भित्रका कार्यालयहरु निरीक्षण गर्ने ।
- आदिबासी जनजाती, दलित, एकै नामथर प्रमाणित, जानकारी तथा सिफारिस सम्वन्धी कार्य गर्ने ।
- साना प्रकृतिका जनगुनासो सुनुवाई गर्ने र मेलमिलापको वातावरण सिर्जना गर्ने ।
- नेपाल सरकारले वेलावेला तोकेका कार्य र प्र.जि.अ.ले लगाए अ-याएका कार्यहरु गर्ने ।
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, मेहेलकुना, सुर्खेत .