Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

इलाका प्रशासन कार्यालय, मेहेलकुना, सुर्खेत

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

इलाका प्रशासन कार्यालय, मेहेलकुना, सुर्खेत

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालयको परिचय

निकायको स्वरुप र प्रकृतिः

     यो इलाका प्रशासन कार्यालय नेपाल सरकार गृह मन्त्रालय मातहत रहने संघिय कार्यालय हो । नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं. ७ मा रहेको भाडाको घरबाट कार्यालय संचालन भई आइरहेको छ । भौगोलिक विकटता तथा सेवाग्राहीको बढ्दो चापका कारण उत्पन्न हुने कठिनाई न्यूनिकरण गर्न, जिल्ला प्रशासन कार्यालय सुर्खेतको कार्यबोझ कम गर्ने एवं जनताको निकटबाट सार्वजनिक सेवाहरु सहज र सुलभ तरिकाले प्रवाह गर्ने प्रमुख उद्देश्य अनुरुप यस ईलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो । जनतामा सुरक्षाको अनुभुति दिलाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासन कायम गर्न हाल मुलुकमा ईलाका प्रशासन कार्यालय स्थापना भई दैनिक रुपमा काम कारवाही भइरहेका छन् । 

मिति २०८०/०३/३० गते ईलाका प्रशासन कार्यालय मेहेलकुना, गोकुलपुरको स्थापना भई सेवा प्रारम्भ भएको साथै सुर्खेत जिल्ला अर्न्तगत रहेका ९ (नौं) वटा पालिकामध्ये गुर्भाकोट नगरपालिकाको सबै वडाहरु, भेरिगंगा नगरपालिकाको सबै वडाहरु, लेकवेशी नगरपालिकाको १ देखी ४ सम्मका वडाहरु र सिम्ता गाँउपालिकाको सबै वडाहरु यस ईलाका प्रशासन कार्यालय, मेहेलकुना, गोकुलपुर सुर्खेतको कार्यक्षेत्र अन्तर्गत पर्दछन् । यस कार्यालयबाट उपरोक्त क्षेत्रका करिव १६४१२१ नागरिक सार्वजनिक सेवाबाट लाभान्वित हुँदै आएका छन् ।

 

निकायको काम, कर्तव्य र अधिकारः 

श्रीमान प्रमुख जिल्ला अधिकारी सुर्खेतबाट अधिकार प्रत्यायोजन भए अनुसार यस कार्यालयको काम कर्तव्य र अधिकार निम्न बमोजिम रहेको छ । 

प्रत्यायोजित अधिकारको अधिनमा रहि बंशजको आधारमा नागरिकता जारी गर्ने, प्रतिलिपी नागरिकता जारी गर्ने र अन्य प्रकृतिका नागरिकताका सम्वन्धमा राय सहित जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा पेश गरी निर्णयानुसार गर्ने ।

-  वंशजको आधारमा नागरिकता प्रमणपत्र जारी गर्ने । 

- नागरिकता प्रतिलिपि दिने । 

- नाबालक परिचयपत्र जारी गर्ने । 

- राष्ट्रिय परियचपत्रको लागि आवेदन संकलन गर्ने । 

- लागु औषध नियन्त्रण सम्वन्धी कार्यमा सम्वन्धित निकायलार्इ सहयोग गर्ने । 

- इलाकाक्षेत्रभित्र घटेका घटना तथा अन्य क्रियाकलापको तुरुन्त प्र.जि.अ.लार्इ जानकारी गराउने ।

- शान्ति सुरक्षा स्थापनामा प्रमुख जिल्ला अधिकारीलाई सहयोग गर्ने ।

- इलाकाको कार्य क्षेत्र भित्र मूल्य नियन्त्रण गरी कृतिम अभाव, जम्मा खोरी, अनुचित लाभ लिन  नदिने र दैनिक उपभोगका वस्तुहरुको आपूर्तिको प्रवन्ध मिलाउन र स्थानिय तहको समन्वयमा वेलावेलामा बजार अनुगमन गर्ने । 

- आफ्नो इलाका भित्रका कार्यालयहरु निरीक्षण गर्ने ।

- आदिबासी जनजाती, दलित, एकै नामथर प्रमाणित, जानकारी तथा सिफारिस सम्वन्धी कार्य गर्ने ।

- साना प्रकृतिका जनगुनासो सुनुवाई गर्ने र मेलमिलापको वातावरण सिर्जना गर्ने ।

- नेपाल सरकारले वेलावेला तोकेका कार्य र प्र.जि.अ.ले लगाए अ-याएका कार्यहरु गर्ने ।


पछिल्लो अपडेट गरिएको : 2083-01-03 11:33:05

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, मेहेलकुना, सुर्खेत .