Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

इलाका प्रशासन कार्यालय, मेहेलकुना, सुर्खेत

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

इलाका प्रशासन कार्यालय, मेहेलकुना, सुर्खेत

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्लाको परिचय

सुर्खेत चुरे र महाभारत श्रृंखलाको बिचमा अवस्थित कमजोर धरातल भएको भू–भागले बनेको पहाडी जिल्ला हो । यसको भौगालिक अवस्थिति २८०२०’’ – २८०५८’’ उत्तरी अक्षांश र ८००५९’’–८२००२’’ पूर्वी देशान्तरभित्र रहेको छ । समुन्द्र सतहबाट १९८ मी. देखि २३६७ मी. सम्मको उचाईमा रहेको यस जिल्लाको क्षेत्रफल २४५१ वर्ग कि.मी. रहेको छ । यस जिल्लाको पुर्वमा सल्यान र जाजरकोट, पश्चिममा कैलाली, डोटी र अछाम, उत्तरमा दैलेख, दक्षिणमा बाँके र बर्दिया जिल्लाहरु पर्दछन । वि.सं.२०६८ सालको जनगणना अनुसार जिल्लाको कुल जनसंख्या ३,५०,८०४ रहेको छ जसमध्ये पुरुष १,६९,४२१ तथा महिला १,८१,३८३ रहेका छन् । यस जिल्लामा रहेको सहरी क्षेत्रको क्षेत्रफल ३४ बर्ग कि.मि. छ भने ग्रामिण क्षेत्रको क्षेत्रफल २४१७ बर्ग कि.मि. रहेको छ । यस जिल्लालाई प्रतिनिधि सभा सदस्यका लागि २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४ वटा क्षेत्रमा विभाजन गरिएको छ । जिल्लामा ५ नगरपालिका तथा ४ गाँउपालिका रहेका छन् । यस जिल्लामा मुख्य गरी ब्राहृमण, क्षेत्री, मगर तथा दलित जातिहरु बसोवास गर्दछन् ।  


पछिल्लो अपडेट गरिएको : 2083-01-03 11:33:05

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, मेहेलकुना, सुर्खेत .